जनकपुरधाम, १३ चैत । जिल्ला क्रिकेट संघ महोत्तरीले यू–१६ क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरेको छ । प्रदेशस्तरको प्रतियोगिताका लागि जिल्ला क्रिकेट संघ महोत्तरीले खेलाडी छनोटगरि १४ जनाको स्क्वाड सार्वजनिक गरेको हो ।

अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको महोत्तरी क्रिकेट संघका सचिव दिपेन्द्र कुमार यादवले जानकारी दिए ।

टिममा कप्तान अभिषेक तिवारीसहित सोनम महतो, आदित्य मण्डल (विकेट किपर), कैफ शेख, सरफराज अन्सारी, मनिस कापर, पल्टु सादा, मोबारक नदाफ, कृष्ण महतो, ललितकुमार साह, नितेश कुमार यादव, रमण मण्डल, राजिव सादा र सत्यम गुप्ता रहेका छन् ।

त्यस्तै, रिजर्भमा अमृत मण्डल, नितिश महतो, मोबारक आलम र सम्साद अन्सारीलाई राखिएको सचिव यादवले जानकारी दिए ।

प्रतियोगिताको कोचमा राहुल प्रताप सिंह र म्यानेजरमा मुरारी ठाकुरलाई तोकिएको हो ।