काठमाडौं, १३ चैत । गृह मन्त्रालयले चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।