मेयर्स कप महिला टी–२० मा मधेसको पहिलो जित

काठमाडौं, १३ चैत । ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले पहिलो जित निकालेको छ ।
सोमबार भएको खेलमा आयोजक ललितपुर मेयर्स–११ लाई एक विकेटले हराउँदै मधेसले प्रतियोगितामा पहिलो जित निकालेको हो ।
ललितपुरले दिएको ९७ रनको लक्ष्य मधेसले १९ ओभर २ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । उसका लागि सरस्वती चौधरीले ३२, ओपनर अलिशा यादवले १६ र सीमा कुँवरले १५ रन बनाइन् ।
ललितपुरका लागि सोनी पाख्रिन र कृतिका मरासिनीले दुई/दुई, कप्तान अस्मिना कर्माचार्य र मनिशा उपाध्यायले एक÷एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स–११ ले २० ओभरमा ५ विकेट गुमाएर ९६ रन बनायो । उसका लागि सोनी पाख्रिनले ३४, लक्ष्मी चौधरीले २३, र श्रृष्टि जैसीले अविजित १५ रन बनाए ।
मधेसका लागि सरस्वती कुमारीले दुई, रोजी कडारी, अनुराधा चौधरी र कप्तान कविता गौतमले एक/एक विकेट लिए । जितसँगै मधेशले फाइनल पुग्ने झिनो आशा कायमै रहेको छ । ललितपुर भने लगातार तेस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


