धनुषामा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु

जनकपुरधाम, १३ चैत । धनुषामा आफैंले चलाएको ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–३ का २९ वर्षीय विष्णु बहादुर फुयाँल रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ज १ च ३४३७ नम्बरको ट्याक्टर लिएर बटेश्वर गाउँपालिका–५ शान्तिपुर जाने क्रममा महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिल नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
तिब्र गतिमा रहेको सो ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


