सुचना पाएपछि यादवले तोडे अनसन

–प्रेमचन्द्र झा
रौतहट, १२ चैत । रौतहटको गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएपछि दिपक यादवले आमरण अनसन तोडेका छन् ।
यादवले बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसवाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाको हातबाट जुस खाई एक हप्ता लामो अनसन तोडेका हुन् ।
स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचन लडेका दिपकले माग गरेको सबै सुचना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले उपलब्ध गराई दिएपछि उनी अनसन तोड्न सहमत भएका थिए ।
नगरप्रमुख प्रत्यासी यादव नगरपालिकाबाट आफूले पाउनुपर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि एक सातादेखि आमरण अनसनमा बसेका थिए । अनसन बसेको दिनदेखि नै गरुडाको वातावरण असहज बन्दै गएको थियो ।
यस अवधिमा नगरप्रमुख कन्तमणि जयसवालसहित स्थानिय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिपक यादवको स्वास्थ्यको ख्याल गर्दै आमरण अनसन तोडन आग्रह गरेका थिए ।
आफ्नो मागबाट टसमस नभपछि वाध्य भएर गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएको छ । प्रमुख प्रशासकीय अधिकृत झाले सबै सुचना दिएको दावी गरेका छन् । आमरण अनसन तोडेका यादवले बैंक स्टेटमेन्ट बाहेकका सुचना मात्र पाएको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


