सर्लाही, १२ चैत । सशस्त्र प्रहरीले सर्लाहीको मलंगवाबाट १८८ किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर–१० गण हेडक्वार्टर सर्लाहीबाट खटिएको टोलीले १८८ किलो गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) पुरुषोत्तम थापाले मलंगवा नगरपालिका–११ गम्हरीयास्थित झिम खोला बाँध इलाकाबाट लुकाई छिपाई नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा भेटिएको जानकारी दिए ।

सशस्त्र प्रहरी बलको गस्ती टोलीलाई देखेपछि कारोबारीहरु गाँजा छाडेर भागेका थिए ।