काठमाडौं, १२ चैत । जनता समाजवादी पार्टी (जसपा)नेपालकी सांसद रञ्जुकुमारी झाले नागरिकता विधेयक ल्याउन माग गरेकी छन् ।

आइतबार बसेको संसद बैठकमा बोल्दै उनले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु ल्याउन माग गरेकी हुन् ।

‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले संक्रमणकालीन न्यायलाई दिगो रुपमा सम्बोधन गरेर जानुपर्ने बताइन् ।

यो विधेयक पारित गर्नुपर्नेमा आफ्नो समर्थन रहेको भन्दै उनले नागरिकता विधेयक पनि संसदमा ल्याउन सरकारको ध्यानाकर्षण गरेकी हुन् ।