नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तिनजना पक्राउ

काठमाडौं, १२ चैत । प्रहरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा तिनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ रहेका छन् ।
पत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका उनीहरुले पछिल्लो ३/४ वर्षमा ८१ जनालाई विदेश पठाइसकेको जनाएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरुले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


