जनकपुरधाम, ११ चैत । जनमत पार्टीले मधेस प्रदेशका ६ वटा जिल्लामा इन्चार्ज तोकेको छ ।

जसअनुसार धनुषाको इन्चार्जमा सुरेन्द्र मण्डललाई तोकिएको छ भने पर्साको इन्चार्जको जिम्मेवारी माधवप्रसाद सिंहलाई दिइएको छ ।पर्साको संयोजकमा ओमप्रकाश सर्राफ र सहसंयोजक मुकेश द्विवेदीलाई तोकिएको छ ।

त्यस्तै, रौतहटको इन्चार्जमा बृजकिशोर यादव, सर्लाहीको इन्चार्जमा श्रीचन राय यादव तथा महोत्तरीको इन्चार्जमा सौरभ साहलाई तोकिएको छ । सिरहाको इन्चार्जमा विनोद यादवलाई तोकिएको छ ।

उनीहरुलाई पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्ने जिम्मेवारी दिइएको छ ।