सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार काठमाडौंमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा सोमबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका हुन् ।
बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले आइतबार साँझसम्म मन्त्रिमण्डल बाँडफाटका विषयलाई टुंग्याउने र सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डले जानकारी गराएको बताए ।
सबै दलसँग छलफल गरेर प्रधानमन्त्रीले आइतबार गठबन्धन बैठकमा मन्त्रीहरूको नाम माग गर्ने पौडेलले जानकारी दिए ।कांग्रेसलयागत सत्तारुढ अन्य दलहरुले पनि मन्त्री चयनका लागि बैठक गरिरहेका छन् ।
माओवादी बैठकले संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयकलाई टुंग्याउन अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकमा प्रदेशका सरकार पनि आलोपालो अनुसार तथा बजेट, नीति तथा कार्यक्रममा संघसँग जोड्ने गरी गतिशील बनाएर अघि बढ्ने निर्णय भएको पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


