नोएक्ष्या एडभरटाइजिङ्गले जनकपुरधाममा आफ्नो तेस्रो शाखा विस्तार गर्दै

जनकपुरधाम, ११ चैत । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निरन्तर सक्रिय नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजले जनकपुरधाममा आफ्नो तेस्रो शाखा विस्तार गर्न लागेको छ ।
सो कम्पनीले काठमाडौं र विर्तामोडपश्चात् आफ्नो तेस्रो शाखा जनकपुरधाममा आगामी वैशाखमा विस्तार गर्न लागेको हो ।
शनिबार जनकपुरधाममा कम्पनीको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका चेयरम्यान समरजीत सिंहले यस्तो घोषणा गरेका छन् ।
सिंहले आफ्नो कम्पनीले येल्लो पेज, ब्राण्डिङ्ग जब्स, कर्पोरेट गिफ्ट, डिजाइनिङ्ग सलुशन, वेब होस्टिङ्ग, एप डेभलपमेन्ट, कस्टोमाइज्ड सफ्टवेयर, होटेल एसेसोरिज, टि–सर्ट प्रिन्टलगायतका कामहरु गर्दै आएको जानकारी दिए । व्यवसायिक टेलिफोन डाइरेक्ट्री, आफ्नो व्यवसायलाई पर्यटनसँग जोड्न यो माध्यम उपयुक्त रहेको उनले बताए ।
उनले भने, ‘हामी छिट्टै जनकपुरधामलाई काठमाडौंसँग जोडेर ट्राभर र टुरिज्मको डाइरेक्ट्री लञ्च गर्दैछौं । मधेस प्रदेशमा प्रदेशसभाको विजनश डाइरेक्ट्री निर्माण गर्ने काम पनि हाम्रो पहिलो प्राथमिकतामा छ । हामी यसको विमोचन आगामी वैशाखमा गर्नेछौं ।’
प्रदेशका अधिकांश शहरहरुलाई जोडेर व्यवसायीक टेलिफोन डाइरेक्ट्री निर्माण गर्ने काम पनि कम्पनीको प्राथमिकतामा रहेको सिंहले बताए । कम्पनीले सिटि इन्फो नेपाल नामक पोर्टल र मोबाइल एपसमेत चाँडै लञ्च गर्ने योजना बनाएको उनले सुनाए । उनले यो मोबाइल एप नेपालको पहिलो सूचनामुलक एप हुने दाबी गरे ।
कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव फुलदेव पण्डित, चेम्बर अफ कमर्शका जितेन्द्र साहलगायतकाहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


