चन्द्रमा र शुक्र दुबै नजिक आउँदा के हुन्छ ? यस्तो भन्छन् : आचार्य पण्डित संतोष

जनकपुरधाम, १० चैत । शुक्रबार साँझ आकाशमा एउटा अनौठो दृष्य देखियो । चन्द्रमाको ठिक तल एउटा सानो तारा सम्भवतः विश्वभरी नै देखापर्यो । अधिकांशले यस्तो दृष्य आफूले जिवनमा पहिलोपटक देखेको भन्दै सामाजिक सञ्जालमा तस्बिरसहित धमाधाम पोष्ट्याउन थाले । टुडेआवाजकर्मीको नजर पनि त्यसमाथि पर्यो । त्यसपछि हामीले जनकपुरधामका प्रसिद्ध ज्योतिषशास्त्री आचार्य पण्डित संतोष कुमारसँग यस सम्बन्धमा विस्तृत बुझ्न फोन लगायौं ।
आचार्य पण्डित संतोषले चन्द्रमाको तल तारा आउनु सुखद संयोग नरहेको सुनाए । हामीले त्यसको कारण सोध्यौं । उनले भने, ‘ज्योतिष शास्त्रका अनुसार चन्द्रमा र शुक्र दुबै शितल ग्रह हुन् । प्रत्येक पाँच/सात वर्षमा चन्द्रमा र शुक्र यस्तो अवस्थामा आउँछ ।’
आचार्य पण्डित संतोषले यस्तो अवस्थाको सिर्जना हुँदा त्यसलाई सो वर्ष प्रकृतिमा जलको स्तर बढाउने संकेतको रुपमा लिन सकिने दाबी गरे । सो वर्ष बाढीले तबाही मचाउन सक्ने उनको आशंका छ ।
ज्योतिष शास्त्रका अनुसार चन्द्रमा र शुक्र नजिक आउँदा महिलाहरुमा प्रजनन सम्बन्धी समस्या बढ्न सक्ने सम्भावनासमेत रहेको उनको दाबी छ ।

‘चन्द्रमा र शुक्र दुबै स्त्रीकारक हुन्, ’उनले भने, ‘यस्तो अवस्थामा प्रकृतिमा पानीसँग सम्बन्धित प्रकोप बढ्ने संकेत रहन्छ । मानवमा रोग निम्त्याउने खतरा पनि उत्तिकै रहन्छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


