धनुषाबाट ११ वर्षीया नाबालिग बलात्कारका आरोपी शिक्षक पक्राउ

जनकपुरधाम, १० चैत । धनुषाबाट ११ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार रहेका एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३५ वर्षीय शिक्षक दीपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको बताइएको छ ।
नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।
उनले शिक्षक यादवलाई सिरहाको बन्दीपुरबाट पक्राउ गरिएको बताए । पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


