३०औँ आईजीपीमा वसन्तबहादुर कुँवर नियुक्त

काठमाडौं, १० चैत । नेपाल प्रहरीको प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको ३०औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो ।
तीन दिनअघि मात्रै सरकारले उनीसहित ५ जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा भएका कुँवरसहित टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए ।
प्रहरी महानिरीक्षकका पाँचजना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
२०७९ वैशाख १८ मा सरकारले वरीयता मिचेर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेको थियो । ३० वर्षे सेवाअवधि पुरा गरेर सिंहले शुक्रबार अवकाश पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


