जनकपुरधाम, १० चैत । नेपाल कराते महासंघको राष्ट्रिय महाधिवेशन तथा ७औँ मास्टर्स मिट्स कार्यक्रम २०७९ मा सहभागी हुन धनुषा जिल्लाका प्रशिक्षकहरू चितवन प्रस्थान गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले प्रशिक्षकहरूलाई सम्मानसहित बिदाइ गरेका हुन् ।

चैत ११ गते शनिबारदेखि १३ गते सोमबारसम्म बागमती प्रदेशको चितवनस्थित भरतपुर महानगरपालिकाको पटिहानीमा आयोजना हुन लागेको नेपाल कराते महासंघको राष्ट्रिय महाधिवेशन तथा ७औँ मास्टर्स मिट्स कार्यक्रममा रेफ्रि सेमिनार, रिफ्रेश कोच ट्रेनिङ्गसहित नयाँ कार्यसमिति चयन हुने नेपाल कराते महासंघ धनुषाका वरिष्ठ उपाध्यक्ष अखिल मढिकर्मीले जानकारी दिए ।

७औँ मास्टर्स मिट्स कार्यक्रममा सहभागी हुन धनुषाबाट वरिष्ठ प्रशिक्षक रामचन्द्र ठाकुर, प्रशिक्षकहरु रामबाबु साह, विरेन्द्र कर्ण, राकेश पाठक, अखिल मढिकर्मी, राजकुमार साह, रामपुनित महतो, प्रिथि मान लामा, सूर्यदेव यादव, बाल्मिकी भगत, सुमन पुलामी मगर, राजुकान्त कापडीलगायतकाहरु चितवन गएका हुन् ।

प्रशिक्षकहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले दोसल्ला उढाएर सम्मान गर्दै बिदाइ गरेका छन् ।