राहुल गान्धीको सांसद पद खारेज

एजेन्सी, १० चैत । भारतीय कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीको सांसद पद खारेज भएको छ ।
चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर कंग्रेस नेता राहुल गान्धीविरुद्ध भएको सजायको एक दिनपछि शुक्रबार उनको लोकसभाको सदस्यता रद्द गरिएको हो ।
यसअघि राहुल गान्धीलाई चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा अदालतले दुई वर्षको जेल सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर, उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।
सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


