काठमाडौं, १० चैत । नेपालका २१ लाख ९० हजार ५९२ जना व्यक्ति आ–आफ्नो परिवारसँग अनुपस्थित रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार १५ लाख ५५ हजार ९६१ परिवारहरुबाट २१ लाख ९० हजार ५९२ जना परिवारमा अनुपस्थित छन् । अर्थात, उनीहरु सबै विदेश गएका व्यक्ति हुन् ।

विदेशिएकाहरु मध्ये पुरुष १७ लाख ९९ हजार ६७५ अर्थात ८२ दशमलव २ प्रतिशत र महिला ३ लाख ९० हजार ९१७ अर्थात १७ दशमदव ८ प्रतिशत छन् ।

२०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही अक्सर विदेशमा बसोबास गरेका थिए ।