साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ९ दशमलव ४ प्रतिशत

काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा कुनैपनि सरकारी निकायमा दर्ता नगरेका र एकजना पनि तलबी कामदार नराखेका कृषि बाहेकका साना घरेलु व्यवसाय सञ्चालन गरेका परिवार ६ लाख २७ हजार ८८७ अर्थात ९ दशमलव ४ प्रतिशत रहेका छन् ।
साना घरेलु व्यवसाय सञ्चालन गर्ने कुल परिवारमध्ये घरेलु उद्योग १ लाख ३७ हजार ६४४ अर्थात २१ दशमलव ९ प्रतिशत, व्यापार÷व्यवसाय ३ लाख १० हजार ६५१ अर्थात ४९ दशमलव ५ प्रतिशत, यातायात ३४ हजार ६५६ अर्थात ५ दशमलव ५ प्रतिशत, सेवा ६९ हजार १७७ अर्थात ११ प्रतिशत र ७५ हजार ५५९ अर्थात १२ प्रतिशत अन्य किसिमका व्यवसाय सञ्चालन गर्ने परिवार छन् ।
साना घरेलु व्यवसाय मध्ये मुख्य रुपमा पुरुषले सञ्चालन गरेका ५५ प्रतिशत र महिलाले सञ्चालन गरेका ४५ प्रतिशत रहेका छन् । यसैगरी प्रदेशगत रुपमा कुल साना घरेलु व्यवसाय मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ लाख ५३ हजार ५२२ अर्थात २४ दशमलव ५ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३२ हजार ४६३ अर्थात ५ दशमलव २ प्रतिशत परिवारले सञ्चालन गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


