काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेशगत हिसाबले नेपालमा सबैभन्दा बढी जनसंख्या बागमती प्रदेशको रहेको पाइएको छ ।

बागमती प्रदेशको जनसंख्या कुद जनसंख्याको २०.९७ प्रतिशत पुगेको हो । त्यस्तै, मधेस प्रदेशमा दोस्रो ठूलो जनसंख्या रहेको छ ।

सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत जनसंख्या रहेको छ । जुन गत २०६८ को जनगणनामा क्रमशः २०.८७ र ५.९३ प्रतिशत रहेको थियो ।

२०७८ मा जनसंख्याको आकारको हिसाबले तेसो, चौथो, पाँचौ र छैठौं क्रमशः कोशी, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेश रहेका छन् ।