काठमाडौं, १० चैत । नेपालको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत पुगेको छ ।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६ दशमलव ३ प्रतिशत रहेको हो ।

साक्षरता दर पुरुषको भन्दा १४ दशमलव २ प्रतिशत कम महिलाको छ । पुरुषको साक्षरता दर ८३ दशमलव ६ प्रतिशत र महिलाको ६९ दशमलव ४ प्रतिशत रहेको छ ।