काठमाडौं, १० चैत । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा सबैभन्दा बढी काठमाडौंको जनसंख्या रहेको पाइएको छ ।

काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ पुगेको हो । त्यस्तै, मोरङ, रूपन्देही, झापा र सुनसरी क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्ला हुन् ।

सबैभन्दा कम मनाङमा ५ हजार ६५८ जनाको बसोबास रहेको जनगणना विवरणमा उल्लेख छ । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।