सिरहामा इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु, दुईजना घाइते

सिरहा, १० चैत । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर–८ मा अवस्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा बिबीको शुक्रबार बिहान मृत्यु भएको हो ।
पोलेको इँटा निकाल्नेक्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
घाइते ३५ वर्षीया बबी बिबी र ४० वर्षीया ममता बिबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मृतक महिमाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


