सप्तरी, ९ चैत । सप्तरीमा बाटोको विषयलाई लिएर दुई पक्षबिच कुटपिट हुँदा ६ जना घाइते भएका छन् ।

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर–२ पिपराही बस्ने ६५ वर्षीय रामदेव मण्डल र ३० वर्षीय गनु मण्डलबीच बाटोको विषयलाई लिएर झै–झगडा तथा कुटपिट भएको हो ।

कुटपिटबाट दुबै पक्षका गरी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घाइते भएकाहरुको स्थानिय युनिक अस्पताल रायपुरमा उपचार भइरहेको डीएसपी सिंहले बताए ।

कुटपिटमा रामदेव पक्षका उनीसहित उनको नातिनी १६ वर्षीया निमा कुमारी मण्डल, नाति ८ वर्षीय रुपेश कुमार मण्डल, लक्ष्मण मण्डलका १६ वर्षीय छोरा संजय मण्डल र गनु पक्षका ३० वर्षीय मण्डलसहित उनकी ६५ वर्षीया आमा दुखनि देवि मण्डल घाइते भएको प्रहरीले जनाएको छ ।