भक्तपुर, ९ चैत । जुवातास खेलेको आरोपमा प्रहरीले भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लौहकिन्थलीस्थित मझेरी क्याफेबाट १६ जना पक्राउ गरेको छ ।

उनीहरूको साथबाट १६ बुक तास र ३ लाख बढी नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरूमध्ये १३ जना ४० वर्षभन्दा कम उमेर समूहका रहेका छन् ।

सिन्धुपाल्चोकको चौतारा सागाचोक गढीका–३९ वर्षीय दिलीप गिरीले सञ्चालन गरेको क्याफेबाट पक्राउ परेका उनीहरूमध्ये दुईजना भने भारतीय नागरिक रहेको समेत खुल्न आएको छ ।