भारतको चार वर्षको अपराजित यात्रामा अस्ट्रेलियाले लगायो पूर्णविराम

एजेन्सी, ९ चैत । घरेलु मैदानमा कुनैपनि एकदिवसीय शृङ्खला नहारेको भारतको चार वर्षको अपराजित यात्रामा अस्ट्रेलियाले पूर्णविराम लगाएको छ ।
निर्णायक एकदिवसीय खेलमा २१ रनको रोमाञ्चक जीत हासिल गर्दै अस्ट्रेलियाले भारतीय भूमिमा २–१ ले शृङ्खला कब्जा जमाएको हो ।जीतसँगै अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नाईमा भएको खेलमा एडम जाम्पा र एस्टन अगारले एक आपसमा ६ विकेट लिएपछि २७० रनको लक्ष्य पाएको भारत मात्र २४८ रनमा सीमित बन्यो । भारतका लागि पूर्वकप्तान विराट कोहलीले ५४ तथा हार्दिक पाण्ड्याले ४० रन बनाए पनि टोलीलाई जीतसम्म डो¥याउन सकेनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले मिचेल मार्सको ४७ तथा एलेक्स केरीको ३८ रनको मद्दतले ४९ ओभरमा अलआउट हुँदै २६९ रन बनाएको थियो ।
पहिलो एकदिवसीय खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तर, त्यसपछि दोस्रो र तेस्रो खेलमा अस्ट्रेलियाले पुनरागमन गर्यो ।दोस्रो एकदिवसीयमा भारतमाथि अस्ट्रेलियाले कीर्तिमानी १० विकेटको जीत हासिल गरेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


