जनकपुरधाम, ९ चैत । धनुषा प्रहरीले छापामारी गरेर लाखौँको मदिरा बरामद गरेको छ ।

प्रहरीले जिल्लाको सबैला नगरपालिकास्थित मदिरा पसलहरुमा छापा मारेर लाखौंको मदिरा बरामद गरेको हो ।

प्रहरीले बिहीबार बिहान सो पालिकाका विभिन्न मदिरा पसलहरुमा छापा मारेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।

प्रहरी निरीक्षक देवकोटाको कमाण्डमा खटेको प्रहरी टोलीले मदिरा पसलहरुमा छापा मारेर मदिरा बरामद गरेको बताइएको छ ।

प्रहरी टोलीले छापा मारेर करिब एक लाख मुल्य बराबरको ५ सय लिटर अवैध घरेलु मदिरा बरामद गरेको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए ।

स्थानीयको रोहबरमा सो मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।