एजेन्सी, ९ चैत । भारतीय कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई सुरत जिल्ला अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ ।

गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाइएको हो ।

गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका नेतासमेत रहेका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मानहानी मुद्दा हालेका थिए ।

एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्ने क्रममा गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै पूर्वमन्त्री मोदीले यनीविरुद्ध अदालतमा मुद्दा हालेका थिए ।

अदालतले नेता गान्धीलाई फैसलाविरूद्ध पुनरावेदन गर्नका लागि ३० दिनको समय दिएर तत्कालका लागि धरौटीमा छाडेको छ ।