जनमत पार्टीले बारा–२ मा उपनिर्वाचनको तयारी थाल्यो

काठमाडौं, ९ चैत । डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टीले बाराको निर्वाचन क्षेत्र नम्बर–२ मा उपनिर्वाचनको तयारी थालेको छ ।
पार्टी अध्यक्ष डा. राउतले बिहीबार विरगञ्जस्थित गढीमाइको दर्शनपछि ‘मिसन बारा–२’ को शुभारम्भ गरेका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत बारा–२ मा बाहिरी अर्थात् फिरंगी उम्मेदवारको सम्भावना नरहेको भन्दै सो क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
उक्त क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि चुनाव लड्ने तयारी गरिरहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


