नबिल बैंकद्वारा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमको आयोजना

जनकपुरधाम, ८ चैत । नबिल बैंकले वित्तिय साक्षरता सम्बन्धि विशेष कार्यक्रमको आयोजना गरेको छ ।
विश्व मुद्रा सप्ताहको अवसरमा धनुषाको धनौजी गाउँपालिकास्थित सो बैंकको शाखाले विभिन्न कार्यक्रमको आयोजना गरी वित्तिय साक्षरता कार्यक्रमको शुरुवात गरेको हो ।
पैसाको महत्व र पैसा बचतको बानी बसाउने उद्देश्यले नबिल बैंकले वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरिरहेको बताइएको छ ।
‘आफ्नो पैसाको योजना बनाउनुहोस्, आफ्नो भविष्य रोप्नुहोस’ मूल नाराका साथ युवा तथा बालबालिकाहरुको प्रतिभा उजागर गर्नुका साथै पैसा बचतका उपायहरुको विषयमा समेत सचेतना जगाइएको छ ।
बैंकको सो शाखाले रामजानकी इङ्गलिस बोर्डिङ्ग स्कुल धनौजीमा कला प्रतियोगिता र राष्ट्रिय मावि लखौरीमा पैसाको महत्व, पैसा वचतको विधि, वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको थियो ।
वित्तिय निर्णय लिन सक्ने क्षमता विकासको विषयमा समेत प्रशिक्षण दिइएको बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


