बुटवल, ८ चैत । थ्री स्टार क्लबलाई पाखा लगाउँदै सुदूरपश्चिम ११ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बुधबार भएको खेलमा थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ८७औं मिनेटमा सुदूरपश्चिमका फागुराम थारुले टिमको जितका लागि निर्णायक गोल गरेका थिए ।

अब सुदूरपश्चिमले उपाधिका लागि मनाङ मर्स्याङदी क्लब र फ्रेन्डस क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीच भोलि सेमिफाइनल खेल हुनेछ ।