प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका ३ युवालाई ५ दिन थुनामा राखिने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जनालाई ५ दिन थुनामा राखिने भएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।
मंगलबार ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्न जाँदै गर्दा ३ जना युवाहरुले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका थिए ।
पक्राउ परेपछि पनि नाराबाजी गर्न नछाडेपछि प्रहरीले एक युवाको मुख समेत थुनेको थियो । अरु नै आयोजक रहेको कार्यक्रममा गएर जथाभावी होहल्ला गर्ने र विथोल्ने प्रयास भएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
पक्राउ पर्नेमा बागलुङका सोनु शर्मा, बझाङका विप्लव खड्का र खोलुम्बुका उद्धव बस्नेत छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


