चीनको कोइला खानी दुर्घटनामा ६ जनाको मृत्यु

एजेन्सी, ८ चैत । चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले दिएको जानकारीअनुसार गुइझोउको क्वानक्सी गुली सहरमा निर्माणाधीन कोइला खानीमा भएको उक्त दुर्घटनामा ५ जना फसेको बताइएको थियो ।
दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो । उद्धारपछि फसेका पाँचजना भने मृत अवस्थामा फेला परेका थिए ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


