पर्सा, ८ चैत । पर्सामा बाघको आक्रमणबाट ३ जना घाइते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएर गाउँमा पसेको बाघको आक्रमणबाट एक प्रहरीसहित ३ जना घाइते भएका हुन् ।

बाघको आक्रमणबाट पोखरिया नगरपालिका–४ सतबरिया बस्ने ३० वर्षीय दिल महमद मियाँ, जोगिन्द्र साह तेली र प्रहरी जवान सुचिन्द्रप्रसाद यादव घाइते भएका छन् ।

घाइतेमध्ये मियाँको अवस्था गम्भीर भएकोले उनलाई पोखरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा लगिएको छ । तेली र प्रहरी जवान यादवको पोखरिया अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिहान सतबरिया टोलमा पसेको चितुवालाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।