ग्यास सिलिण्डर बोकेर जाँदै गरेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

बाँके, ८ चैत । नेपालगञ्जबाट ग्यास सिलिण्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीस्थित सुर्खेत–दैलेख सडक खण्डमा भे १ क २२०१ नम्बरको ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।
सडकको माथिल्लो मोडबाट करिब १५० मिटर तल तल्लो मोडमा ट्रक खस्दा ट्रक चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्रकका सहचालक प्रकाश कुमाई भने सकुशल छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


