एम्बाप्पे बने फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तान

एजेन्सी, ७ चैत । फ्रान्सका फरवार्ड केलियन एम्बाप्पे राष्ट्रिय फुटबल टोलीको कप्तानमा नियुक्त भएका छन् ।
गोलरक्षक हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सको नयाँ कप्तानमा २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।
उनी हाल पेरिस सेन्ट जर्मन (पिएसजी) क्लबबाट व्यावसायिक फुटबल खेल्छन् ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेको योगदान महत्वपूर्ण थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


