कङ्गोमा विद्रोही समूहले आक्रमण गर्दा २१ जना सर्वसाधारणको मृत्यु

एजेन्सी, ७ चैत । अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट एकैदिन २१ जनाको मृत्यु भएको छ ।
कङ्गोको पूर्वी किभु र इतुरीमा सशस्त्र विद्रोहीले हमला गरेका थिए । उनीहरूले यी दुई प्रान्तका विभिन्न गाउँमा हमला गरी सर्वसाधारणको हत्या गरेका हुन् ।
इतुरीको एक गाउँमा उनीहरूले एक गाउँका सर्वसाधारणमाथि गोली चलाएका थिए । रातिको समयमा आएका सशस्त्र समूहका सदस्यले गरेको हमलामा परेर १० जना सर्वसाधारणको ज्यान गएको हो ।
त्यस्तै, उत्तरी किभुमा पनि उनीहरूले गाउँलेमाथि हमला गरेका थिए । ती हमलामा परेर सर्वसाधारण मारिएका छन् । इतुरी र यस आसपासका गाउँमा भएको हिंसात्मक आक्रमणमा परेर ११ जना सर्वसाधारण मारिएका बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका सहायक प्रवक्ता फराह हकले सो कुराको जानकारी दिएका छन् । उनले पछिल्ला केही हप्तामा पूर्वी कङ्गोका कैयौँ स्थानमा सरकारसँग विद्रोह गरेको समूहले सर्वसाधारणमाथि हमला गर्ने गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


