मोरबैता क्याम्पसमा विद्यार्थी जनमत संघका यादव निर्वाचित

सिरहा, ६ चैत । सिरहाको सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी जनमत संघ प्यानलसहित निर्वाचित भएको छ ।
विद्यार्थी जनमत संघबाट सभापतिमा दीपेन्द्रकुमार यादव ६६ मतान्तरले निर्वाचित भएका छन् ।
उनले १९७ मत ल्याएर विजयी हुँदा उनका निकटमत प्रतिद्वन्द्वी संयुक्त तीन दलीय विद्यार्थी गठबन्धनबाट सभापतिका उम्मेदवार अमितकुमार राय यादवले १२१ मत मात्र ल्याउन सकेका छन् ।
जसपा, लोसपा र एकीकृत निकट विद्यार्थी युनियनको गठबन्धन गरेको थियो ।
त्यस्तै, अनेरास्ववियुका उम्मेदवार धिरज यादवले ८४, अखिल क्रान्तिकारीका सतिश मण्डलले ७० र नेविसंघका नवरतन साहले ४२ मत प्राप्त गरेका छन् ।
सचिव पदमा जनमतका विवेककुमार मण्डल, कोषाध्यक्षमा सुस्मिताकुमारी सिंहसहित सदस्य पनि निर्वाचित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


