काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गरेका छन् ।

आइतबार साँझ पार्टीको सचिवालय बैठक सकेर अध्यक्ष नेपाल प्रधानमन्त्री प्रचण्डसँग भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन् । एकीकृत समाजवादीले विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।

आइतबार दिउँसो बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने र संसदमा सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको थियो ।

एमाले र राप्रपाले सरकारलाइ दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानबमोजिम सोमबार विश्वासको मत लिन लागेका हुन् ।