प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्र १० दलबीच सत्ता बाँडफाँडबारे छलफल हुने

काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र सत्ता साझेदार १० दलबीच सत्ता बाँडफाँडबारे छलफल हुने भएको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदारीबारे विश्वासको मत लिएपछि मात्र छलफलमा प्रवेश गर्ने बताएका हुन् ।
शनिबारको बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसँगै सत्ता बाँडफाँडबारे पनि छलफल हुने अपेक्षा गरिएको थियो । विश्वासको मत दलहरुबीच एक मत हुने सहमति बनेसँगै केही दलहरूले सत्ता साझेदारीको कुरा पनि टुङ्ग्याउनुपर्ने कुरा राखेका थिए । तर, प्रधानमन्त्री आफैंले विश्वासको मत अघि यी विषयमा छलफल गर्न उपयुक्त नहुने बताएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


