काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठकले बुद्धिमान तामाङलाई उपनेतामा चयन गरेको छ । शनिबार बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार राप्रपाले संसदीय दलको विधान पूरा गरेको छ । बैठकमा लघुवित्त, सहकारी, विदेशमा अलपत्र परेका नागरिक, कृषि मलमा अनुदान घटाएको लगायतका विषयमा छलफल भएको थियो ।

सरकारले संसदमा लैजाने तयारी गरेको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएको व्यक्तिको छानबिनसम्बन्धी विधेयक संशोधन गर्ने तयारीप्रति आपत्ति जनाएको छ ।

उनले राप्रपा अहिलेको विधेयकको विपक्षमा रहेको उनले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लिन लागेको विश्वासको मतबारे पनि छलफल भएको बताइएको छ । यद्यपि, प्रवक्ता शाहीले सोसम्बन्धी कुनै निर्णय सार्वजनिक गरेनन् ।