आइतबारको प्रतिनिधिसभामा दुईवटा विधेयक पेश हुने

काठमाडौं, ४ चैत । आइतबार बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा दुईवटा विधेयक र संसद नियमावली पेश गरिने भएको छ ।
संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गर्दै सोबारे जानकारी दिएको हो ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक पेश हुनेछ ।
दुवै विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नेछन् । हाल कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्रीसँगै छ ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले नियमावली मस्यौदाको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


