विनातामझाम सामान्य सवारीमै कुमारी घर पुगे राष्ट्रपति पौडेल

काठमाडौं, ४ चैत । राष्ट्रपति रामचन्द्र पौडेल विनातामझाम सामान्य सवारीमै कुमारी घर पुगेका छन् । राष्ट्रपति पौडेल कुमारी घर पुग्दा कुनै सवारीलाई रोकतोक थिएन ।
राष्ट्रपतिको सवारीमा जाम बढ्ने र सर्वसाधारणलाई दुःख पाएको भन्दै यसअघि आलोचना बढेको थियो । यस्तो दुःख दिने काम आफूबाट नहुने वाचा राष्ट्रपतिमा निर्वाचित हुनसाथ पौडेलले व्यक्त गरेका थिए ।
कुमारी घरभित्र प्रवेश गर्नुअघि पनि पैदलयात्री र सर्वसाधारणको सवारीलाई आउजाउमा रोक लगाइएको थिएन । दिउँसो ४ बजे अघिपछि एक एकवटा गाडीसहित पौडेल कुमारी घर पुगेका थिए । कारगेटमा सुरक्षाकर्मीले प्रयोग गर्ने मोटरबाइकसमेत प्रयोग नगरी पौडेल वसन्तपुरस्थित कुमारी घर पुगेका हुन् ।
पौडेल कुमारी पूजा गरी आधाघण्टामै शितल निवास फर्केका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


