राष्ट्रपति पौडेलले प्रदेश र संघीय सांसदलाई शीतलनिवासमा बोलाए

काठमाडौं, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र संघीय सांसदहरुलाई शनिवार बिहान ९ बजे शीतलनिवासमा आमन्त्रण गरेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभा सदस्यहरु पनि काठमाडौंमा छन् ।
उनीहरु समेतलाई राष्ट्रपति पौडेलले शीतलनिवास बोलाएर धन्यवाद दिन लागेका हुन् ।
लोकतान्त्रिक समाजवादीका सांसद रामप्रकाश चौधरीले आफूलाई राष्ट्रपति पौडेलले शितलनिवासमा आमन्त्रण गरेको जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


