केश्वर गरिब जनता माविका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सर्लाही, ३ चैत । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थित केश्वर गरिब जनता माविका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
मधेस प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतको शिक्षा विकास निर्देशनालयले ज्योमेटरी बक्ससहितको झोला वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत प्राविधिक धारतर्फ छात्र १५ र छात्रा २८ गरी जम्मा ४३ र सामान्य तर्फ छात्रा १७६ र छात्र ९१ गरी जम्मा २६७ जनालाई सो सामग्री हस्तान्तरण गरिएको विद्यालयका शिक्षा शाखा प्रमुख जनक काफ्लेले जानकारी दिए ।
उनले शैक्षिक सामग्रीको सुरक्षा र औजार बक्सको प्रयोगात्मक अभ्यासमा सहजताका लागि प्रत्येक बिद्यार्थीलाई १ थान औजार वक्स र १ थान किताब बोक्ने झोला प्रदान गरिएको बताए ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार रायले बिद्यार्थीले पाएको झोलामा पाठ्यपुुस्तक मात्र राख्न र जामितिय प्रयोग हेतुु ज्योमेटरी बक्स अनिवार्य रुपमा प्रयोगमा ल्याउन आग्रह गरे ।
कार्यक्रममा हरिपुर्वा नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष विजय भुुषण प्रसाद साह, विद्यालयका प्रधानाध्यापक संजय कुुमार यादव, विद्यालय व्यवस्थापन समितिका बरिष्ठ सदस्य विन्देश्वर राय, सदस्य सुनिता साहलगायत शिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


