सप्तरीमा दुईपक्षबीच झडप हुँदा ३ जना घाइते

सप्तरी, ३ चैत । सप्तरीमा दुईपक्षबीच झडप हुँदा ३ जना घाइते भएका छन् ।
जिल्लाको रुपनी गाउँपालिका–२ पिपराही टोल बस्ने सूर्यनारायण यादवर र शुभनारायण यादव पक्षबीच झडप भएको हो ।
ऐलानी जग्गाको विषयमा विवाद भएर झडप हुँदा शुभनारायणका छोराद्वय २० वर्षीय प्रबेश कुमार यादव र १८ वर्षीय चिनु भन्ने मिथिलेश यादव घाइते भएका छन् ।
यस्तै सूर्यनारायणका छोरा २४ वर्षीय सन्तोष यादव पनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


