बारा, ३ चैत । बाराको कलैयामा स्कुल बसले ठक्कर दिँदा ३ वर्षीय एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका ३ वर्षीय छोरा कार्तिक साह सोनार रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान वीरगञ्जस्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ठक्कर दिने चालकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।