क्रिकेट टिमका खेलाडीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, ३ चैत । सरकारले आइसिसी विश्वकप लिग–२ सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै एकदिवसीय विश्वकप छनोटमा पुर्याउने खेलाडीलाई पुरस्कृत गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान टोलीलाई बालुवाटार बोलाएर बधाई तथा शुभकामना दिँदै प्रतिखेलाडी ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् ।
‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरी नेपालको स्वाभिमान र पहिचान उच्च बनाएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै प्रतिखेलाडी ३ लाख रुपैयाँ पुरस्कारको घोषणा गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
नेपालले बिहीबार यूएईलाई डिएल मेथडका आधारमा ९ रनले हराउँदै एकदिवसीय विश्वकप छनोटमा स्थान बनाएको हो । नेपालले अब यही वर्ष जिम्बाब्वेमा हुने १० राष्ट्र सम्मिलित विश्वकप छनोट प्रतियोगिता खेल्नेछ ।
४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकिएको थियो । त्यसपछि अम्पायरले डिएल मेडथका आधारमा नेपाललाई ९ रनले विजयी घोषणा गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


