नेपालमा १५ लाख जनामा मधुमेह रोग भएको अनुमान

काठमाडौं, ३ चैत । नेपालको कुल जनसंख्याको ८ दशमलव ५ प्रतिशत अर्थात् करिब १५ लाखमा मधुमेह रोग भएको अनुमान गरिएको छ ।
काठमाडौंमा शुक्रबारबाट सुरु भएको साफिस इन्टरनेशनल इन्डोक्राइन सम्मेलनमा बोल्दै चिकित्सकहरुले विश्वभर नै मधुमेह जस्ता दिर्घ रोगले महामारीको रुप लिएको विज्ञहरुले बताएका हुन् ।
कार्यक्रममा बोल्दै साफिसकी निवर्तमान अध्यक्ष डा. डीना श्रेष्ठले मधुमेह, थाइराइड जस्ता दीर्घरोगले भयावह रुप लिएको बताइन् ।
नेपालको सन्र्दभमा शहरी क्षेत्रमा बसोबास गर्ने ५० प्रतिशतमा मधुमेह रहेको छ भने ग्रामीण भेगमा बसोबास गर्ने पाँचदेखि सात प्रतिशतमा यो रोग देखिएको उनले बताइन् ।
मधुमेह जस्ता हर्मोन रोगले व्यक्ति सँगै उनिहरुको परिवार र समाजलाई पर्ने मानसिक र आर्थिक प्रभावबारे सम्बोधन गर्न जरुरी रहेको उनले बताइन् ।
डा. श्रेष्ठका अनुसार मधुमेह जस्ता दीर्घरोगसँग लड्नका लागि एउटा देशले एक्लै काम गर्नुभन्दा विभिन्न देशका सरोकारवालाहरु मिलेर काम गर्न आवश्यक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


