संघीय संसदतर्फ ३१० र प्रदेशसभाका ५१८ सदस्यले गरे मतदान

काठमाडौं, ३ चैत । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदतर्फ ३१० मत खसेको छ भने प्रदेशसभाका ५१८ जना सदस्यहरुले मतदान गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेसम्म सांसदहरुले मतदान गरेका थिए । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संघतर्फ २२ र प्रदेशतर्फ ३२ जना सांसद अनुपस्थित भएको जानकारी दिए ।
बर्तौलाका अनुसार संघतर्फ अनुपस्थित हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना र नेपाल मजदुर किसान पार्टीका एकजना सांसद थिए ।
उता प्रदेशसभातर्फ ३२ जना सदस्य अनुपस्थित भए । अनुपस्थित हुनेमा राप्रपाका २८, जनता समाजवादी पार्टीका १ र नेमकिपाका ३ जना सांसद छन् ।
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीमा ममता झा मैदानमा थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


