काठमाडौं, ३ चैत । उपराष्ट्रपतिका लागि संसद भवन नयाँ बानेश्वरमा शुक्रबार भएको मतदान सकिएको छ ।

मतदानमा केही सांसद मत खसाल्न उपस्थित भएनन् । बिरामी भएकाले उनीहरु मत हाल्न नआएका हुन् ।

जन्डिसको समस्याका कारण चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन मतदानमा भाग लिएनन् । त्यस्तै मधेस आन्दोलनका क्रममा प्रहरी हत्या आरोप लागिरहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी पनि मत हाल्न पुगेनन् ।

उनले आफू बिरामी भएकाले मतदानमा भाग लिन नआएको जानकारी दिए । त्यसैगरी कांग्रेस सांसद चन्द्र भण्डारी पनि मतदानमा सहभागी भएनन् । उनी ग्यास विस्फोटमा घाइते भएर अहिले भारतको मुम्बईमा उपचाररत छन् ।

त्यसैगरी अर्की सांसद मनोरमा शेरचन पनि बिरामी भएकाले मतदानमा सहभागी हुन आइनन् । अर्कातिर फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भइसकेकाले रामचन्द्र पौडेलले पनि मतदान गर्न पाएनन् । उनको सांसद पद नै रिक्त भएर अब तनहुँ–१ मा उपनिर्वाचन हुनेछ ।

मतदाता सूचीमा रहेकी जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको पनि निधन भइसेको छ ।

राष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसद :

१. रामचन्द्र पौडेल–राष्ट्रपतिमा निर्वाचित
२. चन्द्र चण्डारी (बिरामी)
३. बर्षमान पुन (बिरामी)
४. सनाज रहमान (मृत्य)
५. लक्ष्मी कोइरी महतो (फरार)
६. मनोरमा शेरचन (बिरामी)

दलतर्फ :

१. राप्रपा : संघमा १४ र प्रदेशमा २८ गरी जम्मा ४२ जना
२. नेमकिपा : संघमा १ र प्रदेशमा ३ गरी जम्मा ४ जना
संघमा २१ जना र प्रदेशमा ३२ जनासहित जम्मा ५३ जना मतदानमा सहभागी भएनन् ।